काठमाडाैं । नेपाली बजारमा साेमवार सुन चाँदीको भाउ घटेको छ ।
सुनकाे भाउ आज चार सय रुपैयाँ घटेर तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाकाे ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ पनि १० रुपैयाँ घटेर तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

















