अनलाइनमा जुवा खेलाउने ७४ पक्राउ

188

काठमाण्डाै – अनलाइन माध्यमबाट जुवा खेल्ने र खेलाउने ७४ जना काठमाडाैंबाट पक्राउ परेका छन् ।

हिजाे आइतवार राति काठमाडाैं महानगरपालिका वडा नम्बर ६ बौद्धमा दोलखाका सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा अनलाइन जुवा बिङ्गो खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये ६६ जना पुरुष र आठ जना महिला रहेका छन् ।

रेस्टुरेन्टमा ठूलो सङ्ख्यामा मान्छेहरू जम्मा भएर अनलाइन जुवा खेलेको सुराकीका आधारमा प्रहरीले छापा मारेको थियो । उनीहरूको साथबाट ६ लाख ९० हजार रुपैयाँ नगद, अनलाइन जुवा खेलाउन प्रयोग हुने मोबाइल लगायतका सामग्री बरामद गरिएको पनि महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । पछिल्लो समय अनलाइनबाट जुवा खेलाउने क्रम बढेको भन्दै सक्रियता बढाइएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here