दाङ/ तुलसिपुरमा आजदेखि लेडिजहरुका लागि आधुनिक फिटनेस सञ्चालनमा आएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरि वेलनेश एरोबिक सेन्टर विधिवत रुपमा सञ्चालनमा ल्याईएको हो ।
तुुलसिपुर स्थित जेसिज चौक नजिकै दोश्रो तल्लामा रहेको एरोबिक सेन्टरको उदघाटन महिला रक्षक सञ्जाल दाङकी सयोंजक सुष्मा गिरि र सङघर्षशील महिला प्रेमकुमारी खडकाले संयुक्तरुपमा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गरिले महिलाहरुलाई व्यक्तित्व र नेतृत्वदायि भुमिकामा आउन कसैले पनि रोकेर नरोकिने जनाउनुभयो । उँहाले व्यस्त दैनिकिका कारण अधिकांश महिलाहरुले समेत आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह गर्न नसकिरहेको जनाउनुभयो । उँहाले महिलाहरुले पनि
बिभिन्न क्षेत्रमा आफ्नो सफलताहरु प्रदर्शन गर्न सफल भएको भन्दै खुशी समेत व्यक्त गर्नुभएको थियो ।
‘व्यस्त दैनिकिलाई एकछिन समय ब्यबस्थापन गरेर फिटनेस सम्बन्धी ज्ञान ,योग र नियमित क्लबहरुमा जाने बानी पार्नसक्नुनै आफूलाई स्वस्थ्य बनाईराख्नु हो’ गिरिले भन्नुभयो ।
कार्यक्रममा राप्ती लाईफ केयर एण्ड नर्सिङ कलेजकि प्रिन्सिपल सुसन पाण्डे ,लगायतकाले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा तुलसिपुर उद्योग वाणिज्य सघंका कार्यबाहक अध्यक्ष राम प्रसाद चालिसे ,सचिव बिनिल केसि,रोटरि क्लब अफ तुलसिपुर सिटिका भाबि अध्यक्ष देबबहादुर केसि,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी , राप्तिलाईफ केयर हस्पिटल प्रा.लि का जीवन भण्डारी ,सिएमय कलेज तुलसिपुरका दोर्ण वलि लगाएतको सहभागीता रहेको थियो ।
सेन्टरकी प्रमुख सल्लाहकार गिता चन्दको सभापतित्वमा सञ्चालक भएको कार्यक्रममा किर्तिका शर्मा,ले स्वागत गर्नुभएको थियो भने सञ्चालन सशि लामिछानेले गर्नु भएको थियो ।
एरोबिक सेण्टरमा योग,डान्स ,जुम्बा लगाएत नसर्ने रोगको भयबाट समेत बच्न विभिन्न माध्यम हरु अपनाईने जानकारी दिनुभएको छ ।
अस्मिता चन्द,कुसुम शाह,किर्तिका शर्मा , सशी लामिछाने र भिमा बुढाले सयुंक्त रुपमा सञ्चालनमा ल्याएको एरोबिक सेन्टरमा तिज पर्वका अवसरमा विशेष छुटको समेत व्यवस्था गरिएको छ ।


















