गायक एंव सङ्गितकार प्रेम लामाको आवाजमा ‘देउरालीमा ‘बोलको गीत सार्वजानिक भएको छ् ।
पप, सेलो गायनमा चर्चा कमाएका गायक प्रेम लामाले निकै गीत गाइसकेका छन । लामाले पछिल्लो समय निकै दर्शकहरुको मन छुने लोक पप गीतहरु बजारमा ल्याउदै आइरहेको छ । मङगोलियन फ्लेभर एल्बम उनले ४ सम्म पुर्याइसकेका छन भने निकै ब्यस्त गायकको रुपमा परिचित छन । छायांकन ,निर्देशन समेत गर्ने खुबी उनमा छ । जसका कारण बहुप्रतिभाको धनी भनेर चिनिन्छ ।
मन्जु लामाको शब्द ,बिक्रम जि लामाको सङ्गित र गायक प्रेम लामाको आवाज रहेको गीतमा स्व. बबिराज घतानिको संगीत संयिजन रहेको छ् । सुनिल र मिना लामाको अभिनय रहेको गीतमा कन्सेप्ट टेकेन्द्र कार्किको रहेको छ भने निर्देशन प्रेम लामाको रहेको छ् । भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन ।

















