ओली सरकारका मन्त्रीहरु जनतालाई जवाफ देऊ

264

हुकुम बहादुर सिंह

यही भदौ ७ गते वर्तमान सरकारका स्वास्थ्यमन्त्री उपेन्द्र यादवको बर्दिया भ्रमणका दौरान उनलाई कालोझण्डा देखाएवापत गिरफ्तार गरिएका राममनोहर यादवको प्रहरी हिरासतमै मृत्यु भएको छ । उक्त मृत्यु प्रहरीको नियन्त्रणमा भएको छ । यसले के स्पष्ट पार्दछ भने मृत्युका लागि प्रहरी जिम्मेवार छ, किनभने प्रहरी हिरासतमा कसैको मृत्यु हुन्छ भने त्यसको जिम्मेवार पनि सोही कार्यालयका प्रहरी नै रहन जान्छन् । र, यसका लागि जिल्ला प्रहरी कार्यालय बर्दिया नै जिम्मेवार रहन्छ ।

प्रहरी निगरानीमा कसैको मृत्यु हुनु त्यो पनि एउटा मन्त्रीका विरुद्ध आफ्नो विरोध प्रदर्शन गर्न पाउने मतदाता वा जनताको अधिकारलाई कुण्ठित गर्ने कानुनको आधार बनाएर उसलाई गिरफ्तार गरिनु आफैमा गैरकानुनी त हो नै फेरि गिरफ्तार गरिएको व्यक्तिमाथि अनावश्यक दमन र हिरासतमै यातना दिनु यो सरकारका प्रहरीको जघन्य अपराध पनि हो । गृहमन्त्री र स्वास्थ्यमन्त्री यसको अप्रत्यक्ष जिम्मेवार देखिन्छन् । गृहमन्त्री त उनको कार्यकाल जति लम्बिदै छ उत्तिनै असफल देखिदै गएका छन् । उनको नेतृत्वमा रहेको समग्र प्रहरी प्रशासन केवल दमन, यातना आदि दिन सक्छ तर सही रूपमा घटनाको छानविन गर्न पूर्णत असफल देखिएको छ ।

गिरफ्तार व्यक्तिलाई औषधी पनि खानबाट बञ्चित गरेर मार्नमा मद्दत गरेको स्वतः देखिन्छ । एउटा गृहमन्त्री जसको नेतृत्वमा जनयुद्ध गरेको अनुभव छ, एउटा स्वास्थ्यमन्त्री जो तराई आन्दोलनबाट आफूलाई स्थापित गरेको अनुभव छ तर अहिले ती दुवैका कारण उनीहरूको विरोध गरेको भरमा प्रहरी लगाएर यातना दिने वा उनीहरूलाई मानसिक र शारीरिक रूपमा अशक्त बनाउने कामको नेतृत्व गर्दैछन् । हिरासतमा औषधी खानसमेत नदिएर मर्ने अवस्था सृजना गर्नु यो कस्तो लोकतान्त्रिक सरकार हो । यो सानो एउटा कालोझण्डाको टुक्राबाट तर्सिने सरकार कसरी बलियो सरकार हुन सक्छ ?

केही हप्ता अगाडि काठमाडौंको रत्नपार्कमा नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)ले वर्तमान ओली सरकारले लगाएको जनतामाथिको अनावश्यक कर र त्यसको नेताहरूबाट भएका अपारदर्शी र अनावश्यक व्यक्तिगत सुख सुविधामा लगाएको अपारदर्शी खर्च कालोबजारी, महँंगी तथा देशको राष्ट्रियताको सवाललाई लिएर विरोध प्रदर्शन गर्दाको दृश्य देख्दा मानौ यो सरकार एउटा कमजोर धरातलमा खडा भएको छ र विरोधीहरूले बोकेका कालोझण्डाले एकछिनमा गल्र्यामगुर्लुम ढल्ने छ भने झै रत्नपार्क एकछिन आतंकित बनायो । प्रदर्शनकारीभन्दा डब्बल प्रहरी तैनाथ गरेर प्रदर्शनकारीले उचालेका एक–एक कालोझण्डाहरू खोस्न थाले तर प्रदर्शनकारीहरू संख्यामा प्रहरीभन्दा कम भएता पनि उनीहरूको विरोध प्रदर्शनमा प्रदर्शनकारीले प्रयोग गर्ने कालोझण्डाको महत्वबारे प्रहरीहरूसित बहस, छलफल र घम्साघम्सीपछि प्रहरीहरू पछि हट्न बाध्य भए र विरोध प्रदर्शन सान्दार रूपले आफ्नो गन्तब्यतर्फ अगाडि बढायो ।

अहिले बर्दियामा एउटा नागरिकले स्वास्थ्यमन्त्रीलाई कालोझण्डा देखाएको भन्दै प्रहरीले उसलाई गिरफ्तार गर्ने र प्रहरी हिरासतमा यातना दिने र उसले खाइरहेको उच्च रक्तचापको दवाइ नै खान नदिई जुन हत्या गरिएको छ, यो एउटा अर्को यो सरकारको थप जघन्य अपराध हो । जसका लागि गृहमन्त्री र स्वास्थ्यमन्त्रीले कानमा तेल हालेर बस्न मिल्दैन ।

कालोझण्डादेखि तर्सने यो सरकारले कसरी जनताका विरोधहरूलाई शान्तिपूर्ण रूपमा गरिने विरोधलाई भविष्यमा व्यवस्थापन गर्न सक्ला ? सरकारले संसदीय व्यवस्था जो आफैमा एउटा वर्गीय रूपले दलाल पु“जीपतिवर्गको हितमा काम गर्ने सरकार हो, कम्तिमा पनि संसदीय व्यवस्थाको पक्षमा वोकालत गर्नेहरूले आफ्नो विरोधमा पुतला जलाउने, कालोझण्डा देखाउनेजस्ता प्रतिपक्षका विरोध गर्ने अधिकारमाथि यसरी प्रहरी दमन बढाएर शासन चलाउन खोजे जनता फेरि सडकमा आउने निश्चित छ, चाहे ती कुनै पनि ब्यानरअन्तर्गत राजनीति गरिरहेका होबाष्ट्रियतामाथि अपमान गरी नारा लगाउँदै मन्त्रीको कार्यक्रम बिथोल्न खोजेकाले पक्राउ गरी मुद्दा चलाएको बताएका छन् । सिडयोले के बुझ्न आवश्यक छ भने तिनीहरूले त नारा मात्रै लगाएका छन् तर तिम्रा सरकारका प्रधानमन्त्रीले त भारतीय सेनालाई औपचारिक सैनिक डे«समा काठमाडौंमा मार्चपास गराएका छन् के त्यो नेपालको स्वतन्त्रता, प्रादेशिक अखण्डता, राष्ट्रियतामाथि अपमान गरेको ठहर्दैन ।

बर्दियाका वरिपरि रहेका नेपालका सिमानामाथि भारतीय अतिक्रमण हुँदा नदेख्ने सिडियोले कसरी एउटा नागरिकलाई त्यही नारा लगाएको भरमा हिरासतमा मार्न न्यायाचित ठान्दछन् । शान्तिपूर्ण विरोध प्रदर्शनबाट गिरफ्तार गरिएका एउटा नेपाली नागरिक जो कुनै पनि बहानामा गिरफ्तार गरिन्छ, त्यसको हत्या हिरासतमा हुन्छ भने त्यसको जिम्मेवार उपेन्द्र यादव र रामबहादुर थापा हुनुपर्छ र तिनीहरूले तत्काल पदबाट राजीनामा दिन आवश्यक छ । अन्यथा उनीहरूले जनतामाथिको दमनलाई बढाउँदै लगे भने देश अब एउटा गृहयुद्धतर्फ धकेलिने सम्भावना बढने छ ।

ओली सरकारको देशलाई उन्नति र समृद्धितर्फ लैजाने भनाइ केवल एउटा नाटक मात्रै सिद्ध हुनेछ । बर्दियाका सिडियोले पत्रकार सम्मेलनमा जे भनेका थिए, त्यसकै कारण एउटा नागरिकको मृत्यु जायज कदापि ठहर्दैन् । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here