एसियन गेम्सकाे महिला भलिबलमा नेपाल पराजित

50

काठमाडाैं ।   एसियन गेम्सको महिला भलिबलमा नेपाल पराजित भएको छ। आज दक्षिण कोरियासँग भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो।

नेपाल दक्षिण कोरिसँग २१–२५, १४–२५ र ११–२५ को सेटमा पराजित भएको छ। पहिलो खेलमा प्रतिस्पर्धात्मक चुनौती पेश गरेको नेपालले बाँकी दुई सेटमा खासै जम्न सकेन।

नेपाल पहिलो खेलमा भियतनामसँग २५–४, २५–१६ र २५–१३ को सेटमा पराजित भएको थियो।

समूह चरणको अन्तिम खेलमा कोरियासँग पराजित हुँदै नेपालको महिला भलिबल टिम प्रतियोगिताबाटै बाहिरीएको छ।

एसियाडमा महिला भलिबल टिम पहिलो पटक सहभागी भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here