‘सुस्तरी सुस्तरी’को म्युजिक भिडियो सार्वजनिक

105

काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको स्वरमा ‘सुस्तरी सुस्तरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा नग्मा श्रेष्ठ र प्रवीण डिसीको अभिनय छ ।

गीतमा नवीन श्रेष्ठको शब्द तथा गीतलाई वरिष्ठ सङ्गीतकार नागेन्द्र श्रेष्ठले सङ्गीतबद्ध गर्नुभएको हो । गीतमा राहुल प्रधानको सङ्गीत संयोजन छ ।

यस्तै, दिनेश पराजुलीले छायाङ्कन गर्नुभएको यस भिडियोलाई अमृत चापागाईँले सम्पादन गर्नुभएको हो भने जस बहादुर याक्खा (जसु)को निर्देशनमा भिडियो तयार पारिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here