प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

214

झापा / प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ना.२ ख ८३६० नम्बरको ट्रकका चालक झापा अर्जुनधारा नगरपालिका-५ बस्ने ३१ वर्षीय उमाकान्त राजवंशीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिका-८ स्थित मेची राजमार्गमा जिल्ला प्रहरी कार्यालय झापा र ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीबाट खटिएको प्रहरीले उक्त मालबाहक ट्रक कागज जाँच गर्ने क्रममा ट्रक चालक राजवंशीले प्रहरीलाई गाडीको बिलबुकभित्र ५ सय रुपैयाँ राखेर दिई जान खोजेकोले ट्रक सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here