विभिन्न जिल्लामा डुबेर मृत्यु तथा बेपत्ताहरुको संख्या बढ्दै

132

काठमाडौं / बर्खायामसँगै देशका विभिन्न जिल्लाहरुमा डुबेर मृत्यु तथा बेपत्ताहरुको संख्या बढ्दै गइरहेको छ ।

प्रहरीले जानकारी दिए अनुसार दाङ जिल्लाको घोराही उपमहानगरपालिका-८ बेलौरीस्थित बबई नदीमा डुबेर घोराही-१९ सैघा बस्ने २३ वर्षीय शिवराज पुनको मृत्यु भएको छ भने बेलौरीकै २२ वर्षीय कमल पुन र रोल्पा रुन्टी गडी गाउँपालिका-५ का जसपुर बस्ने १७ वर्षीय लिला पुनसंगै पौडी खेल्ने क्रममा आइतबार डुबेर बेपत्ता भएका शिवराजको खोजी गर्ने क्रममा सोमबार शव फेला परेको जानकारी दिए ।

यसका साथै मोरङ, सुन्दरहरैचा नगरपालिका-१० मितेरी टोलस्थित राम बहादुर सम्बाहाम्फेको १७ महिनाको छोरा पाङ्चुहाङ सम्बाहाम्फेको पानी जम्मा गरी राखेको भाडोमा डुबेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने कमला धिमालको घरमा पानी जम्मा गरी राखेको सिल्भरको भाडोमा डुबेर अशक्त भएका उनको उपचारको लागि सुकुना सामुदायिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी दिए ।

त्यसैगरी डोटी, दिपायल सिलगढी नगरपालिका-४ स्थित कुञ्जेडा सेती नदीमा नुहाउने क्रममा सोही नगरपालिका-७ कुञ्जेडा गाउँ बस्ने ४० वर्षीय चक्र बहादुर कुञ्नेडा पानीमा डुवेर सोमबार दिउँसो बेपत्ता भएका छन् । आफन्तको मलामी गएको अवस्थामा डुवी बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा उनको खोजी गरिरहेको छ । यस बारेमा स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here