काठमाडौं / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ ।
आफुलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका बम्जनको आश्रममा गएका अनुयायीहरु बेपत्ता भएको खबर बाहिर आएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
अनुसन्धानकै क्रममा टोली बम्जनको आश्रमस्थल सिन्धुपाल्चोक पुगेको हो । बम्जनलाई प्रहरीले चौबीसै घन्टामा निगरानीमा राखेको छ । बम्जन विरुद्ध बारा र मकवानपुरमा उजुरी परेको छ ।


















