सवारी दुर्घटनामा तीन जनाको मृत्यु

17

काठमाडौं । अर्घाखाँची, सितगंगा नगरपालिका-४ रातामाटास्थित सडकमा लु.४ त ९४१८ नम्बरको ट्याक्टर बारी जोत्ने क्रममा आइतबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका कोप्चेवास बस्ने ३६ वर्षीय राजु नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै रुपन्देहीकाे तिलोत्तमा नगरपालिका-१ गुप्ता नर्सरीस्थित सडकमा लु.६५ प १३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७९ वर्षीया जानकी  घिमिरेको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाकाे मिथिला नगरपालिका-४ जगदेब पुलस्थित सडकमा लु.१ क १७६८ नम्बरको टिपरमा मधेश प्रदेश ०२-००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा कमला नगरपालिका-२ बस्ने २२ वर्षीय दिपु यादबको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ढल्केबर अस्पताल धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here