प्रधानमन्त्री ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक बोलायाे

66

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बैठक भोलि (सोमबार) बेलुका ६ बजे सिंहदरबारमा तय गरिएको छ।

बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने जनाइएको छ। प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार छलफलपछि संवैधानिक परिषद् बैठक बोलाइएको हो।

यसअघि वैशाख ७ गते संवैधानिक परिषद् बैठक बसेको थियो। सो बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे कुनै निर्णय हुन सकेन। बैठकमा एमाले अध्यक्ष ओलीले संदीय सुनुवाइ विशेष समिति गठन पछि मात्रै प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुनुपर्ने अडान राखेका थिए।

संवैधानिक परिषद् बैठकले सिफारिस गरेका व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ। सर्वोच्च अदालत १ फागुन २०७८ देखि प्रधानन्यायाधीविहीन छ। लामो समयदेखि सर्वोच्च कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।

संवैधानिक परिषद‍्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नेछ। तर,हालसम्म सार्वजनिक सुनुवाइ विशेष समिति गठन हुन सकेको छैन। प्रमुख दलहरूबीच समितिको भागबण्डामा नमिल्दा प्रतिनिधिसभा अन्तरगतको संसदीय समिति गठन हुन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here