दोस्रो पटक प्रदीपसँगै काम गर्न नेपाल आइन् जसिता

325

फिल्म ‘लिलिबिली’ बाट रातारात हिट भएकी अभिनेत्री जसिता गुरुङ । उनको अभिनय, सुन्दरता र डाइलग डेलिभरीको सबैभन्दा बढी प्रशंसा पाएकी उनलाई नव-अभिनेत्रीको अवार्ड प्राप्त भएको थियो ।

दोस्रो पटक युवा स्टार प्रदीप खड्कासँग फिल्म ‘लभ स्टेशन’ मा काम गर्न डेब्यु फिल्म रिलिज लगत्तै अध्ययनका लागि लण्डन उडेकी जसिता पुनः नेपाल फर्किएकी छन् ।

प्रदीपको आग्रहमा उनी दोस्रो पटक सँगै काम गर्न राजी भएको खबर छ । यो कपल ‘लिलिबिली’ को बेलादेखि प्रेममा रहेको चर्चा छ ।

‘लभ स्टेशन’ का लागि अझै एक नायिकाको खोजी भइरहेको छ । स्रोतका अनुसार, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग छलफल भइरहेको छ । निर्देशक घिमिरेले यसै साता दोस्रो नायिका फाइनल हुने बताए ।

काफिया फिल्मस्ले निर्माण गर्ने उक्त फिल्मको छायांकन सिक्किम र दाजर्लिङमा हुँदैछ । निर्देशक घिमिरेका अनुसार, भदौ अन्तिमबाट फिल्मको सुटिङ सुरु हुनेछ भने यो फिल्मको प्रदर्शन मिति फ्लोरमा निस्कनु अगावै फागुन २४ गतेलाई तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here