प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत

162

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए लगतै समितिले सर्वसम्मतले अनुमोदन गरेको हो ।

मिश्रले न्यायपालिकाको भावी कार्यदिशाबारे २५ पृष्ठको कार्ययोजना पेश गरेका थिए । अब मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here