टीकापुर घटनाका साक्षीसँग बकपत्र लिन सुरु

119

धनगढी, २५ भदौ । जिल्ला अदालत कैलालीले तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरुको बकपत्र लिन शुरु गरेको छ । अदालतले आइतबारदेखि साक्षीको बकपत्र लिन सुरु गरेको जनाएको छ ।

उक्त मुद्दामा ८२ जनासँग बकपत्र लिने अदालतले जनाएको छ । अदालतले गत साउन ३० गते तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश अदालतले दिएको थियो ।

कैलाली जिल्ला अदालतका न्यायधीश पर्शुराम भट्टराईको इजलासमा टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको हो । टीकापुरमा भएको घटनासँग सम्बन्धित मुद्दा सरकारवादी फौजदारी हो । यही भदौ ७ गते टीकापुर घटना भएको तीन वर्ष पुगेर चौथो वर्ष लागेको छ ।

घटनाका अभियुक्तमध्य २३ जना पुर्पक्षका लागि कैलाली कारागारमा रहेको छन भने रेशमलाल चौधरी केन्द्रीय कारागारमा रहेका छन् । अभियुक्तका आश्रित दुई बालकलाई पोखराको बाल सुधार गृहमा राखिएको छ ।

टीकापुर घटनाका ५८ जना अभियुक्त रहेकोमा २२ जना अझै फरार रहेका छन् । थरुहट÷थारुवान राज्यको माग गर्दै भएको आन्दोलनको क्रममा विसं २०७२ भदौ ७ गते भएको झडप र हिंसामा परी एक नाबालक र सात प्रहरीको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here