काङ्ग्रेसलाई सच्चिन आग्रह

186

काठमाडौँ, २५ भदौ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वसभामुख तारानाथ राना भाटले नेपाली काङ्ग्रेसले बाटो बिराएको बताएका छन् ।

काङ्ग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुन्छ, उनले भने । रानाभाटले भने, “काङ्ग्रेस जुन बाटोमा हिँड्नुपर्ने हो, त्यसमा छैन”, १०५औँ बिपी जयन्तीको अवसरमा बिपी विचार राष्ट्रिय समाजले आइतबार आयोजना गरेको कार्यक्रममा रानाभाटले भने, “काङ्ग्रेसले बिराएको बाटो छाडेर सही बाटो समात्नुपर्छ ।”

काङ्ग्रेस नेता कुलबहादुर गुरुङले बिपीको विचारको अबमूल्यन भएको गुनासो गरे । बिपीको सिद्धान्त कागजमा लेख्ने तर व्यवहारमा कार्यान्वयन नगर्नु सिङ्गो काङ्ग्रेसको भुल भएको नेता गुरुङको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here