चट्याङ लागेर २ जनाको मृत्यु

280

काठमाडौं । काभ्रेकाे रोशी गाउँपालिका-९ पलान्चे बस्ने गणेश लुङ्गेलीकी छोरी १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार दिउँसो मृत्यु भएको छ । बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुण्डे स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
झापाकाे हल्दिबारी गाउँपालिका-२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर सोमबार मृत्यु भएको छ । शौचालय गई घर फर्कने क्रममा अविरल बर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here