ललितपुर । बर्षा र सहकालका देवताका रुपमा मानिएको राताे मच्छिन्द्र नाथ जात्राको रथ जात्रामा सानो पाईला निःशुल्क खानेपानीको वितरण गरी सामाजिक सेवा कार्यलाइ निरन्तरता दिइरहेका छन् ।
विगत केही बर्षदेखि सामाजिक कार्य गर्दै आएको सो संस्थाले राताे मच्छिन्द्रनाथ रथ जात्रा हेर्न आउनु हुने भक्तजनहरुलाई लक्षित गरी रथ यात्राका क्रममा ८ दिनसम्म तथा जाडाे महिनामा मच्छिन्द्रनाथको रथ तःबहालमा राखिरहेको बेलामा तीन महिनासम्म तातो पानी भक्तजनहरूलाई तातोपानी वितरण गरिएको जनाउँदै ‘मानवताको सेवा नै धर्म’ भएकाले सामाजिक कार्य निरन्तरता दिइरहने सो संस्थाका अध्यक्ष कलाकार, सामाजिक अभियान्ता इन्दु महर्जनले जनाइन् ।
यस रथ जात्रालाई नेपालकै सबैभन्दा लामो जात्राका रुपमा लिने गरिन्छ । प्रायः जसो उपत्यकाबासी तथा खेतीपाती काम गर्ने कृषकहरुले विशेष श्रद्धा भक्तिपूर्वक यस जात्रा मान्ने गरिन्छ । ललितपुरकाे पुल्चाेकबाट सुरू भएकाे रथ जात्रा अहिले थःति रहेकाे छ ।





















