भारतीय चर्चित गायक पंकज उदासको मृत्यु

65

काठमाडौं । भारतीय चर्चित गायक पंकज उदासको मृत्यु भएको छ। केही दिनदेखि बिरामी रहेका उनको ७२ वर्षको उमेरमा मृत्यु भएको हो।

केही समयदेखि बिरामी रहेका उनको सोमबार मृत्यु भएको उनको परिवारले जनाएको छ। उनका  ‘जिए तो कैसे जिए’,  ‘चिट्ठी आयी है’ ‘एक तरफ उसका घर’ जस्ता दर्जनौं गीत र गजल चर्चित छन्।

भारतीय गजल गायनमा उनको स्थान उच्च रहेको छ। भारतीय प्रतिभाले प्राप्त गर्ने उच्चस्तरको सम्मान पद्मश्री उनले प्राप्त गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here