‘रामकहानी’अब विदेशतिर लाग्दै

212

प्रदर्शनको तीन दिनमा करोड ग्रस कलेक्सन गरेको फिल्म ‘रामकहानी’ ले अब विदेश प्रदर्शन आरम्भ गर्ने भएको छ । निर्देशक सुदर्शन थापाले यो फिल्म यूरोप, अष्ट्रेलिया, अमेरिकामा लाग्ने जानकारी दिए ।

उनका अनुसार, फिल्म प्रदर्शन सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यस्तै, फिल्म अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ । फिल्म यूरोप प्रदर्शन डेनमार्कबाट सुरु हुँदैछ ।

डेनमार्कपछि फिल्मको प्रदर्शन पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा हुने निर्देशकले बताए । कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि फिल्म प्रदर्शनका लागि तयारी भइरहेको छ ।

पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलेलगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्मको कथा निर्देशक स्वयं थापाले लेखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here