गृहमन्त्रीसँगको छलफलपछि छानबिन समितिमा फिर्ता भए विरेन्द्र केसी

132

कञ्चनपुर/ कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्या प्रकरणमा छानविनका लागि गठित उच्चस्तरीय छानविन टोलीबाट राजीनामा दिएको घोषणा गर्ने विरेन्द्र बहादुर केसी छानबिन समितिमा फिर्ता भएका छन् ।

समितिबाट राजीनामा दिएको तीन दिन नबित्दै उनी पुन काममा फर्केका हुन् । उनले बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफु फेरि काममा फर्केको घोषणा गरे । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफलपछि उनी फिर्ता भएका हुन् ।

केसीले यसअघि छानविन समितिको म्याद थप तथा छानविनका क्रममा आफूमाथि विभिन्न धम्की आएको भन्दै राजीनामाको घोषणा गरेका थिए ।

पत्रकार सम्मेलनमा केसीले आफ्नो गृहमन्त्री रामबहादुर थापासँग २ घण्टा लामो छलफल भएको र सो क्रममा आफ्नो सुरक्षाको प्रत्याभूति गर्नुका साथै निर्मला पन्तको हत्यामा संलग्न दोषीमाथि कारबाही गर्ने सवालमा पनि एकमत देखिएकाले काममा फर्किएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here