बीबीसी/ नेपालले बिमस्टेक सदस्य राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने भएपछि यो विषयले नेपाल फेरि चीनसँग नजिकिएको र भारतलाइ लगातार झड्का दिएको समाचार बीबीसी नेपालले प्रमुखताकासाथ छापेका छन्।
नेपालले बिमस्टेक सदस्य राष्ट्रका पुणेमा आयोजित संयुक्त सैन्य अभ्यासमा सहभागी हुन अस्विकार गरेको थियो र नेपाल १७ देखि २८ सेप्टेम्बर चीनसँग १२ दिनको सैन्य अभ्यास गर्दैछ।
टाइम्स अफ इंडियासँग सोमबार नेपाली सेनाका प्रवक्रता ब्रिगेडियर जनरल गोकुल भण्डारीले चीनसँग यस्तै प्रकारको अर्को सैन्य अभ्यास हुने जनाए । उनले उक्त सैन्य अभ्यासको लक्ष्य आतंक विरोधी अभियानमा दक्षता हासिल गर्नु रहेको जनाए।
बिमस्टेकको सैन्य अभ्यासबाट नेपाल अचानक अलग हुनु भारतकालागि सबैभन्दा ठूलो झड्काका रूपमा हेरिएको छ। भारतका पूर्व विदेश सचिव कंवल सिब्बलले भने-भारतलाइ अनावश्वक रूपमा उक्साउँदा नेपाललाइ सन्तोष मिल्छ।’
नेपालका प्रधानमन्त्री केपी ओलीले यो विषयमा भारतीय राजदूत मंजीत सिंह पुरीसँग यो विषयमा छलफल गरेका छन्। उक्त छलफलमा ओलीले बिमस्टेक सैन्य अभ्यासमा सहभागी नहुनुको कारण जनाएका थिए। यद्यपी यो विषयमा पुरीले कुनै प्रतिक्रिया दिएनन्।
नेपालले अन्तरिक राजनीतिका कारण सैन्य अभ्यासमा सहभागी हुन नसकेको जनाएको छ। यद्यपी भारतले यो तर्कलाइ तार्किक मानेको छैन्। किनभने नेपालको ओली सरकार दुइ तिहाइको शक्तिशाली सरकार हो।
नेपाल भूपरिवेष्टत मुलुक हो। भारतसँग आफ्नो निर्भरता कम गर्न चाहन्छ। २०१५ मा भारतले अघोषित नाकाबन्दी लगाएको थियो। जसका कारण नेपालमा अत्यावश्यक सामानको अभाव भएको थियो। त्यतिबेलादेखि यी दुइ मुलुकबीचको सम्बन्धमा चिसोपना आउन सुरू भएको हो।भारत नेपालको नयाँ संविधानदेखि असन्तुष्ट थियो। नेपालको नयाँ संविधानले नेपालका मधेसी समुदायमाथि भेदभाव गरेको भारतको बुझाइ थियो।
मधेसी भारतीय मुलका हुन् उनीहरूको सम्बन्ध विहार र युपीसँग छ। यद्यपी नेपालले संविधानमा कुनै परिवर्तन नगरी भारतले नाकाबन्दी अन्त्य गर्यो। नेपाल भारतमाथिको आफ्नो परनिर्भता कम गर्न चाहन्छ।
प्रश्न के उठाइएको छ भने यस्तो बलियो सरकारलाइ कसले दवाब दिन सक्छ ? यो विषयमा दिल्लीस्थित दूतावासले कुनै टिप्पणी गरेको छैन। प्रधानमन्त्री बनेपछि मोदी चार पटक नेपाल गइसकेका छन् तर सम्बन्ध भरोसा गर्न लायक भएको छैन्।
यही बीचमा नेपाल र चीनबीचको सम्बन्धमा नयाँ प्रगति भएको समचार सार्वजनिक भयो। समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले नेपाललाइ आफ्ना बन्दरगाह प्रयोग गर्न अनुमति दिएको छ।


















