रेडलाइट तोकेर यौन व्यवसायलाई वैधता दिने मुख्यमन्त्रीको राजीनामा माग

116

काठमाडौं / ‘महिलाको शरिर बेचेर राजश्व असुल गर्ने तरिका मानवीय होइन भन्दै रेडलाइट तोकेर यौन व्यवसायलाई वैधता दिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङको अभिब्यक्तिप्रति महिला सांसदले आपत्ति जनाएका छन् ।

‘यो सीता र भृकुटीको देश हो, यहाँ रेडलाइट एरिया तोकेर महिलाको मोल मोलाई हुँदैन’ भन्दै राष्ट्रिय जनता पार्टीकी
सांसद चन्दा चौधरीले मुख्यमन्त्री गुरुङको राजीनामा मागेकी छिन् ।

नेपालको जस्तो धार्मिक सांस्कृतिक परिवेशमा यौन व्यवसायलाई कानुनी मान्यता दिन नहुने बताइन । उनले भनिन् – ‘हामी महिला हिंसाको कुरा एकातिर गरिरहेका छौ भने अर्कोतिर महिलाको शरिर बेचेर राज्यकोष भर्ने अपराधी सोच पाल्छौ, अरु देशमा के छ त्यसको आधारमा नेपालमा रेडलाइट एरिया तोक्नु गलत हुन्छ ।’ उनले अरुदेशको समृद्धि तर्फ राज्य सञ्चालकको ध्यान नजाने तर नराम्रो कामप्रति पहिले ध्यान जान थालेको जनाइन् ।

‘रेडलाइट बनाउँछु भन्दै हिड्ने मुख्यमन्त्रीको दलले उहाँलाई कारवाही गर्नुपर्दछ र उहाँले राजीनामा दिनु पर्दछ’ सांसद चौधरीले भनिन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लुकीछिपी यौन धन्दा चलिरहेको र त्यसलाई ब्यवस्थीत गर्न रेडलाइट एरिया छुट्टयाउनु पर्ने जनाएका थिए । रेडलाइन बनाउने मुख्यमन्त्रीको धारणाप्रति असहमति जनाउँदै सांसद चौधरीले राजीनामा मागेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here