काठमाडौं/ माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको शल्यक्रिया गरिएको छ । पार्किन्सन्सबाट पिडित श्रेष्ठको भदौ २८ गते पार्किन्सन्सको शल्यक्रिया गरिएको हो । टाउकोको दायाँ भागमा डिप ब्रेन स्टिमुलेसन (डिविएस) नामक शल्यक्रिया गरिएको हो।
कलाकार श्रेष्ठ विगत ९ वर्ष देखि यो रोगबाट पिडित छन् । ४ वर्ष अगाडी दाहिने पाखोमा बढी समस्या भएपछि देब्रे पाखोमा शल्यक्रिया गरिएको थियो । अस्पतालमा पहिलो पटक श्रेष्ठबाटै सो शल्यक्रिया सुरु गरेको थियो।
शल्यक्रिया पछि कलाकार श्रेष्ठको अवस्था राम्रो भएको अस्पतालले जनाएको छ ।















