कीर्तिपुर नगरको अभ्यास वर्ग सम्पन्न

296

 काठमाडौं/ कीर्तिपुरमा प्राज्ञिक विद्यार्थी परिषदको एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ ।

कीर्तिपुरमा रहेका विभिन्न सहिद स्मारक , मंगल र जनसेवा लगायतका कलेजहरुको सहभागितामा प्राज्ञिक विद्यार्थी परिषद नेपाल कीर्तिपुर नगर समितिको आयोजनामा एक दिवसीय अभ्यास वर्ग कीर्तिपुर स्थित जनसेवा कलेजमा सम्पन्न भएको हो।

उक्त अभ्यास वर्गमा परिषदका राष्ट्रिय सचिव छितराज न्यौपाने ,प्रदेश नम्बर ५ का अध्यक्ष दीपक ढकाल ,प्रदेश सचिव कृष्ण प्रसाद हुमागाइ ,काठमाडौ जिल्ला सह छात्रा प्रमुख संगीता श्रेष्ठ ,त्रि वि संयोजक भिम रोकाय ,त्रि वि सह संगठन सचिव रुद्र दाहाल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो अभ्यास वर्गमा विद्यार्थीहरुलाइ विभिन्न विषय ,परिषदको सैद्धान्तिक भुमिका ,कार्य पद्धति ,सामाजिक कार्यमा गर्ने कला र विद्यार्थी जीवनमा गर्नु पर्ने कार्यहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा पवन रेग्मीको नेतृत्वमा १५ सदस्य कीर्तिपुर नगर इकाई समिति समेत गठन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here