गोविन्द केसीले ‘ब्लयाक मेलिङ’गरेको भनेर लगाएको आरोप प्रति शिक्षामन्त्रीको स्पष्टीकरण

234

काठमाडौं/ डा.गोविन्द केसीले प्रधानमन्त्रीले सहमति गर्ने, मन्त्रीले चाहिँ लागू नगर्ने भन्दै अहिले विधेयक नल्याएकोमा मन्त्रीलाई दोष दिएको प्रति शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीसँगको सम्झौता अनुरुप चिकित्सा शिक्षा विधेयक पास नहुनुमा आफ्नो नभई संसदको दोष रहेको स्पष्टीकरण दिएका छन् ।

मन्त्री पोखरेलले सञ्चार माध्यममा भने-  उहाँले मलाई ‘पदमा बस्न नमिल्ने’ शब्द प्रयोग गर्नुभएको छ । पत्रिकामा पढेको, उहाँले ‘ब्ल्याकमेलिङ’ शब्द प्रयोग गर्नुभएछ । ‘म त सुरुदेखिकै यसको पक्षधर हुँ । मबाट अगाडि बढेर समितिमा गइसकेपछि त त्यो पार्लियामेन्टको विषय भयो । अब म दोषी भएँ कि पार्लियामेन्ट दोषी भयो ?’

डा. केसीसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री तयार रहेको तर शिक्षामन्त्रीले नमानेको भन्ने डा. केसीको आरोप सही नभएको मन्त्री पोखरेलले तर्क दिँदै गुनासो गरे ।

संसद बैठक स्थगित हुने अन्तिम दिन पनि आफूले विधेयक पारित गर्न अतिरिक्त भूमिका खेलेको तर प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नमानेपछि हाउसबाट पारित हुन नसकेको मन्त्री पोखरेलले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here