रौतहट / कतार र बेलायतको सहयोग पाएर अपाङ्ग परिवार नै हर्षित भएको छ । श्रम गर्न खाडी मुलुकमा विगत १५ वर्षदेखि कतारमा रहेका महोतरीका जलेश्वर निवासी बद्रीनाथ झाले रौतहटको परोहा नगरपालिका–७ नरकटियाखापका असहाय दुवै खुट्टाले अपांग ३६ बर्षीय उपेन्द्र राम चमारलाई ट्रायल साईकल सहयोग गरेका छन् ।
महोतरी निवासी युवा समाजसेवी झाले आफू प्रवासमा रहेर पनि नेपालको एक पीडितलाई सहयोग गर्न पाउँदा आनन्दित भएको जनाएका छन् । । ‘म पहिला देखि नै अपांगता, असहाय, गरिबभएकाव्यक्तिलाई सहयोग गर्न मन पराउने मान्छे हुँ । नेपाल आएको बेला उनीसँग भेट्ने मौका पाए अझ खुशी महसुश हुनेछ। अपांगता भएका रामको जिवनमा यसबाट केही परिर्वतन होस भन्ने मात्र सोचले सानो सहयोग गरेको जनाउनुभयो ।’
सोही परिवारमा दुवै खुट्टाले अपांग ११ बर्षीय मुस्कान राम चमारलाई मुकुन्द फुयालको छोरा मिलिन्ड फुयालले यु.के बेलायतबाट कोशिश फाउण्डेसन मार्फत ह्वलचेयर सहयोग गरेका छन ।
रामको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले अरु बालबालिका जस्तै घर बाहिर वा विद्यालय जान चाहेर पनि जाने चाहना हुँदाहुँदै पनि कुनै सुविधा उपलब्ध परिवारबाट हुन नसकेकाले दिनभरि घरमा बसेर नै जिवन बिताउ छिन । अब ह्वेलचेयर पाएसी विद्यालय र साथीहरुसँग रमाउन पनि सजिलो भएकोले सहयोगीदातालाई मुरिमुरि धन्यवाद समेत रामको आमाले दिईन ।
रौतहटका युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलको पहलमा कतार र बेलायतबाट आएको सो समाग्री अपांग रामको घरमै पुगेर हस्तान्तरण गरेका छन ।
‘मानव जीवनमा सबैभन्दा ठूलो धर्म यही नै हो,’ उनले भने, विदेशबाट म माथि विश्वास गरेर उहाँहरुले यस्ता असहायकालागि सम्मान पठाएकोमा आफू धेरै हर्षित भएको समाजसेवी पटेलले जनाएका छन् ।
सो सामाग्री हस्तान्तरण गर्न राजपा नेपालका विबेक कुमार यादव, संघीय समाजवादी फोरम नेपालका अरबिन्द कुमार यादव लगायत अन्य अस्थानीय बासीहरुको उपस्थितिमा भएको थियो ।

















