प्रतिनिधिसभा विघटनविरुद्ध प्रधानन्यायाधीशले आफ्नै इजलासमा पेसी तोके

88

काठमाडौं/प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बेञ्चमा परेको छ।

अन्तरिम आदेश माग गरिएका १९ रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश राणाको बेञ्चमा परेका छन्। संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ निवेदनको पेशी शुक्रबारका लागि तोकिएको छ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै २६ तथा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएका समयमा निर्वाचन गर्नुपर्ने विषयमा चार रिट निवेदन दर्ता भएका छन्।

निवर्तमान प्रतिनिधिसभा १ सय ४६ सदस्यसहितका रिट निवेदनले संसद् पुनःस्थापना गर्नुपर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन्।

त्यस्तै प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरे लगायतले छुटाछुटै चार रिट निवेदन सोमबार दर्ता गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here