तनहुँमा जेल भोगिरहेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाए

163

काठमाडौँ- नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तनहुँमा जेल भोगिरहेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन्। त्यस्तै, सर्वोत्कृष्ट नायिकाको अवार्ड पूजा शर्माले पाएकी छन्।  शाह र शर्माले ‘म यस्तो गीत गाउँछु- २’ बाट सर्वोत्कृष्ट नायक र सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेका हुन्। सोही चलचित्रबाट सुदर्शन थापाले पनि सर्वोत्कृष्ट निर्देशतनहुँमा जेल भोगिरहेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएकको अवार्ड जितेका हुन्। वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु- २’ नै घोषित भएको छ।

चलचित्र विकास बोर्डमा सोमबार आयोजित एक कार्यक्रममा सर्वोत्कृष्ट नायक र नायिकाको अवार्ड दिइएको हो। त्यस्तै, सोही चलचित्रबाट  आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् । समारोहमा सहभागी नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले जेल परेका पललाई ‘मिस’ गरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here