स्थानीय तहको चुनावलाई लिएर सत्ता गठबन्धनबीच मंगलबार फेरि छलफल हुँदै

119

काठमाडौँ – नजिकिएको स्थानीय तहको चुनावलाई लिएर सत्ता गठबन्धनबीच मंगलबार फेरि छलफल हुँदैछ ।

आउँदो वैशाख ३० गतेका लागि तोकिएको निर्वाचन सार्नेका लागि अनौपचारिक र आन्तरिक छलफल भइरहेको अड्लबाजीकाबीच पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाएको हो ।

गठबन्धनलाई सुदृढ बनाएर निर्वाचनमा जाने घोषित नीति भए पनि घासगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल चुनाव सार्ने पक्षमा देखिएका छन् ।

पाँचवर्ष पहिले भएको चुनावको पछिल्लो चरणको मतदान अनुसार पाँच वर्ष आउँदो असोजमा पुग्ने दाबीसहित नेता नेपाल आउँदो कात्तिकमा निर्वाचन गर्नु पर्ने पक्षमा देखिएका छन् ।

तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सम्मानजक भाग पाएको अवस्थामा चुनावमा जाने तयारी छन् ।

यही परिवेशमा गठबन्धनको बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको हो । बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने जनाइएको छ । बैठकमा कहाँ कसरी तालमेल गर्ने, कसले कसलाई केका आधारमा छाड्ने भन्नेबार कुराकानी हुनेछ ।

यसअघि सोमबारको बैठकले अवस्था र ठाउँ अनुसार गठबन्धनले तालमेल गर्ने भन्दै सोही अनुसार अघि बढ्न नेताकार्यकर्तालाई आग्रह गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here