सत्य–सत्यकै नजिक हुन्छ, ओली गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका सरोगेट आमा हुन्

93
  • हुकुमबहादुर सिंह

केपी शर्मा ओली जो अहिले नेकपाका अध्यक्ष र नेपाल सरकारका प्रधानमन्त्री छन्, उनी त्यस्ता नेता हुन, जो सारमा कम्युनिस्ट होइनन तर नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीका अध्यक्ष छन र जसले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई मनैदेखि कहिल्यै स्विकारेन, त्यसैको कार्यान्वयन गर्ने सरकारका प्रधानमन्त्री छन् । सरकारी नेकपा भित्रका प्रचण्ड, माधव नेपालआदि ओलीलाई जनवादी केन्द्रीयताको पाठ पढाउन खोजीरहेका छन्, जवकि ओली कम्युनिस्ट होइनन भने के को जनवादी केन्द्रीयता र विधिको शासन उनले अपनाउने छन् । पहिलो संविधानसभा निर्वाचनद्धारा जनताले हराइदिएका ओलीले उक्त संविधानसभालाई बीचैमा असफल बनाउन देशी विदेशी शक्तिहरुसँग हातेमालो गरे र सफल पनि भए । दोस्रो संविधानसभा जो पहिलोको तुलनामा एउटा प्रतिक्रियावादी संविधानसभा थियो, द ले तयार पारेको संविधान पनि प्रतिक्रियावादी संविधान हो भन्ने क्रान्तिकारी माओवादी कम्युनिस्टहरुको ठम्याइ रहीरहेकोछ ।

देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूले पहिलो संविधानसभाको परिणाम आउने लगत्तै त्यसलाई निस्तेजपार्ने अनेक षडयन्त्रका तानाबाना बुन्न थालि सकेका थिए । त्यसैको परिणाम २०६६ वैशाख २० गते राष्ट्रपतिको असंवैधानिक कदम चाल्न लगाउने मध्येका ओली एक थिए । उनीलगायत पहिलो संविधानसभा निर्वाचनमा पराजित तथा जनताद्धारा तिरस्कृतहरूको निर्लज्ज डफ्फालाई दोस्रो संविधानसभाद्धारा आसीन गराएर २०६२÷०६३को जनआन्दोलनका दौरान ज्ञानेन्द्रका पछाडि बसेर आन्दोलनकारी जनतालाई सराप्ने र उनीहरूमाथि थुक्ने र आन्दोलनमा उत्रिएका जनताविरूद्ध विषवमन गर्ने र जनताको सहभागितालाई होच्याउने काम गर्ने ओली अहिले कसरी गणतन्त्रवादी र संघीयतावादी हुन सक्छन् र ?

             ओलीले अहिले नेपालका सामन्त, दलाल नोकरशाह र विदेशी प्रतिक्रियावादीको नेपाल र नेपाली जनतालाई लुटीरहने प्रक्रियालाई सहज कसरी बनाउने ? त्यही रणनीतिक योजनामा लागेका छन् । राज्य संयन्त्रमा विचौलियाहरुको हालीमूहाली यसैको परिणाम हो । त्यसैले ओलीको वर्ग, राजनीति र सिद्धान्तले नै उनलाई  वर्तमान संविधानसभाले उल्लेख गरेका लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समाजवाद उन्मुख अर्थतन्त्रआदि कुनै पनि कार्यान्वयन गर्ने चासो र उत्साह छैन ।

              अहिलेसम्मका ओली सरकारका निणर्यहरु र योजनाहरु हेर्दा उनी यो सम्विधानका वास्तविक आमा होइनन्,यिनी त यसका प्रतिनिधि आमा मात्रै हुन, जसलाई अंग्रेजीमा सरोगेट मदर भनिन्छ । अरूका निम्ति सन्तान जन्माइदिने महिलालाई सरोगेट मदर भनिन्छ । पैसा भएका, तर सन्तान जन्माउन नचाहने, स्वास्थ्यका कारण सन्तान जन्माउन असमर्थ, सन्तानको चाहना भएका एकल महिला वा पुरूष, समलिंगि जोडीले अरू कुनै महिलालाई गर्भाधान गर्न लगाउने र पछि बच्चा जन्मिएपछि लागेको खर्च व्यहोरेर बच्चा लैजाने प्रचलनलाई सरोगेट मदर भनिन्छ ।

       नेपालीमा यसलाई प्रतिनिधि आमा पनि भन्न सकिन्छ । इजिप्टका सम्राट फ्यारोकी छोरी हागारलाई अरूका निम्ति सन्तान जन्माइदिने विश्वको प्रथम महिला मानिन्छ । सराह र अव्रामको निम्ति उनले सन्तान जन्माइदिएकी थिइन ।

पाठेघर भाडामा दिने पेसाको रूपमा चिनिन थालेको यो विधि अमेरिकामा सन १९८६ मा देखा परेको हो । जीवशास्त्र तथा औषधि विज्ञानको क्षेत्रमा यो व्यापक प्रचलनमा आएको भएता पनि राजनीतिमा भने नेपालमा दोस्रो संविधानसभाको निर्वाचन पछि सरोगेट आमाहरू  वन्न तयार भएका नेपालका राजनीतिक दलका नेताहरूले अहिले यसको अभ्यास नेपालको राजनीतिमा गर्दै छन् । नेपालमा अहिले यो चरित्र देखाउने राजनीतिक दलको सक्रियता  निरन्तर र सिलसिलेवार रुपमा विचौलियाहरुलाई राज्य संयन्त्रको जिम्मेवारी सुम्पिदै गएबाट थाहा लाग्छ । दोस्रो संविधानसभाद्धारा गर्भमै बच्चालाई पक्षाघातको रोगले ग्रस्त बनाएर जन्माउन सफल ओलीमार्काहरु संविधानसभाविरोधी खाष्टोले छोपेको अनुहार जनताका अगाडि क्रमसः उदांगिदै गएको छ ।

जनताको व्यापक र ऐतिहासिक दवावका कारण संविधानसभाको गर्भ राख्न वाध्य भएका ओलीजस्ता सरोगेट मदरहरूको अभीष्टको पर्दाफास बेलैमा गरिएन भने देशमा पुनः गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता,समावेशीता आदिको अन्त्य अनिवार्य छ । ओलीले भरखरै फालेको रामको जन्मभूमिवारेको बहस, कतै उनको नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्छ भन्ने कडिको अंश त होइन ? शंका गर्ने ठाउँ देखिएकोछ । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here