काठमाडौं । कीर्तिपुरमा बिरामीहरुका लागि रगत सहज रुपमा उपलब्ध गराउन लाइफ–सेभिंग भ्यान परियोजना सेवा शुरु भएकाे छ ।
विश्वमै पहिलो कीर्तिपुर नगरपालिकाबाट शुरु भएकाे यस अभियानले विरामीको जीवन बचाउनका लागि घरबाट रक्तदाताबाट रगत संकलन कार्य गर्दछ । विगत २५ बर्षदेखि रक्तदाता संघ नेपाल, केन्द्रीय समितिको सल्लाहकार समाजसेेेवी तथा रक्तदाता स्वय्मसेवी ज्ञानुराजा महर्जनले अब कुनै पनि बिरामीलाई रगतकाे अभाव भएमा रक्तदाताहरु खोजी सम्बन्धित ठाउँमा पुर्याउनका तथा निषेधाज्ञामा अधिकांश रक्तदाताहरु अस्पताल जान डराउने तथा विरामीलाई तत्काल रगतका आवश्यक भएकोलाई सहज रगतको व्यवस्था गराउन सेवा शुरु गरिएकाे हाे ।

गत जेष्ठ २५ गते बाट सो सेवाका लागि ब्लाेदान, नेपाल रेडक्रस, रक्त दाता, रक्त स्वयंसेवक, रक्तदान आयोजक संगठन, रक्त बैंककाे संयुक्त पहलमा सञ्चालनमा ल्याएको हो । यस मानवीय कार्यमा नानी महर्जनले आफ्नो निजी कार श्रीमान् बिबेक महर्जनको स्मृतिमा जीवन बचाउने गतिविधिका लागि हाललाई निशुल्क प्रदान गरिएको हो ।



















