पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट ३९ जनाको मृत्यु

87

काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा १२ हजार चार सय ८४ जनामा कोरोना परीक्षण गर्दा थप २६ सय ७ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २१ सय ४१ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणका कारण ३९ जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या ८ हजार पाँच सय ९७ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र काठमाडौंमा चार सय १३,भक्तपुरमा ३६ जना र ललितपुरमा एक सय २१ गरी कुल पाँच सय ७० जना संक्रमित भेटिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here