दाङ / दाङ जिल्लालाई आधार बनाएर ब्युटि तथा ट्यालेन्ट प्रतियोगीता मिस्टर एण्ड मिस प्रदेश नं ५ को आयोजना हुनेभएको छ ।
प्रदेश नं ५ का विभिन्न जिल्लाहरु बाट चालिस जना युवा युवतिहरु छनौटगरी प्रदेश स्तरीय मिस्टर एण्ड मिस प्रदेश नं ५को आयोजना गरीने प्रवेश गीरीले जानकारी दिनुभयो ।
‘यस क्षेत्रका युवाहरुको क्षमता बिकासका लागि इभेन्टको आयोजना गरेका हौ’ गीरीले भन्नुभयो ।
काठमाण्डौ मा दिइने एक महिने एडभान्स तालिम पस्चात दाङमा ग्राण्ड फिनालेको आयोजना गरी बिजेता घोषणा गरिने नयना गीरीले जानकारी दिनभयो ।
अविवाहीत १४ बर्ष देखी ३० बर्ष सम्मका युवा युवतिहरुले प्रतियोगीतामा भाग लिन सक्ने बिद्या खड्काले जनाउनुभयो ।
स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरुका प्रतिभा प्रस्फुटन गर्ने केन्द्रिय प्लेटफर्म दिने उद्धेस्यले इभेन्टको आयोजना गर्न लागिएको बुटिक काठमाण्डौ ले जनजाएको छ ।
प्रथम हुने लाई जनही ५० हजार रुपैयाँ, ताज, र मोडलिङ्ग गर्ने अवसर प्रदान गरीने प्रवेश गीरीले जानकारी दिनुभयो ।
प्रतियोगीतामा पपुलर, चार्म, बेस्ट फिगर, बेस्ट स्माइल लगाएतका बिद्याहरुमा पनि बिजेता घोषणा गरिने बिद्या खड्काले जानकारी दिनुभयो ।
अडिसन राउण्ड बाट छनौट भइसकेपछि एक महिन तालिम प्रदान गरीने खड्काले बताउनुभयो । ‘तालिम शुल्क रु. १५हजार राखिएको छ ‘ खड्काले भन्नुभयो । केन्द्रिय स्तरका ख्यातिप्राप्त कोरीयो ग्राफरहरुबाट तालिम प्रदान गरीने खड्काले जानकारी दिनुभयो ।
प्रतियोगीता सम्पन्न भएपस्चात चरीटेबल फण्ड राइज गरी गरीब तथा असहाय हरुलाई सहयोग प्रदान गरीने प्रबेश गीरीले जानकारी दिनुभयो ।
इभेन्टको आयोजना एलयुसिआइडि बुटिक ले आयोजना गर्दैछ ।



















