काठमाडौं – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर ल्याएको छ ।
अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरीको २३ वटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट भुक्तानी गरे १५ प्रतिशत ९अधिकतम रु ५००० पाउने छन् । अफरको लाभ लिनको लागि मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नु पर्ने हुन्छ । यस अफर कात्तिक ३० गते सम्म लागु जनाइएको छ ।


















