टीआरसी विधेयक अघि बढाउन विशेष समिति बनाउन प्रतिनिधि सभा बैठक बस्दै

56

काठमाडौं ।  प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन संसदीय विशेष समिति गठन गर्नेछ ।

सम्भावित कार्यसूची अनुसार नेपाली कंग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । विशेष समितिमा रहने सांसदहरुको नामसहितको प्रस्तावमा एमालेका सांसद रघुजी पन्तले समर्थन जनाउनेछन् ।

विशेष समितिमा रहने सांसदहरूको नाम भने तय भइसकेको छैन । बैठकअघि दलहरूले छलफल गरी सांसदहरूको नाम टुंगो लगाउने बताएका छन् ।

यसअघि सरकारले यो विधेयकलाई फास्ट ट्रयाकमा पारित गराउन चाहेको थियो ।तर, प्रमुख विपक्षी एमालेले संसदीय समितिमै छलफलमा लैजानुपर्ने अडान लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here