हेलिकप्टर लिएर मेलामा पुगेका मुख्यमन्त्रीको टोलीलाई जनताले कालो झण्डा देखाएर गरे विरोध

242

काठमाडौं/ हेलिकप्टर नै लिएर मेलामा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टोलीलाई कालिकोटका जनताले कालो झण्डा देखाएर विरोध गरेका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्द सिंह बुढा, भूमिव्यवस्था तथा सहकारीमन्त्री बिमला केसी सहितका मन्त्रीहरुको टोलीलाई हेलिकप्टरमा बोकेर मुख्यमन्त्री शाही रुप्सा पुगेका थिए ।

जिल्लाको नरहरिनाथ गाउँपालिकास्थित रुप्सामा हरेक बर्ष असोज १ गते स्वत लाग्ने पुष्पान्जली सरद मेलाको उद्घाटन गर्न पुगेका मुख्यमन्त्रीको टोलीलाई रुप्साका स्थानीयवासीले कालो झण्डा देखाएर उनीहरुलाई बहिष्कार गरेका हुन्।

शाहीले बहुमत मन्त्रीहरुको जम्बो टोली हेलिकप्टरमा ल्याएर जनताको करबाट उठेको लाखौ रकम खर्च गरेको भन्दै मेला हेर्न गएका स्थानीय आक्रोशित भएर एकाएक कालो झण्डा देखाउदै कर्णाली प्रेदेश सरकारका मन्त्रीहरुलाई बहिष्कार गरेको घोषणा गरेका थिए।

सरकारी पक्षले भने मन्त्री कार्यक्रम स्थलमा पुगेसँगै स्थानीयले नभई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएको आरोप लगाएको छ ।

स्थायी रुप्सावासीले भने सरकारी पक्षको यस्तो आरोप निराधार भएको जनाउँदै उनीहरुले मेला आयोजक समितिले गत बर्षमेलामा सास्कृतिक कार्यकम देखाउन ल्याइएका कलाकारहरुलाई अहिलेसम्म पनि पारिश्रमिक नदिएको, मेला आयोजक समितिले विभिन्न श्रोतबाट जम्मा गरिएको रकम दुरुपयोग गरेको हुनाले आफ्ना कर्तुत लुकाउन आरोप अरुमाथि थोपरिएको जनाए ।

मुख्यमन्त्री शाहीसहित मन्त्रीहरुको जम्बो टोली हेलिकफ्टर लिएर एकै दिन जिल्लाको रुप्सा, कुमालगाउँ र रास्कोटका विभिन्न कार्यक्रम उद्घाटन गर्न गएको थियो ।

मेलामा मुख्यमन्त्री र पर्यटन मन्त्रीलाई मात्र निम्तो भए पनि अन्य मन्त्रीहरुले समेत घुमघाम गर्ने मनसाय देखाएपछि मुख्यमन्त्री शाही उनीहरुलाई हेलिकप्टरमा बोकेर कालिकोट पुगेको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here