अण्डर १६ महिला च्याम्पियनसिप छनौट खेलमा आकस्मिक स्वास्थ्य सेवा दिँदै नेपाल मेडिसिटी

144

ललितपुर/ ए.एफ.सी अण्डर सिक्सटिन महिला च्याम्पियनसिप क्वालिफायर २०१९ का लागि मंगलबार एनफासंग गरिएको सम्झौतामा असोज ३ गते देखि ७ गतेसम्म जारी रहने महिला च्याम्पियनसिपको क्रममा उपचार तथा ग्राउण्ड सपोर्टका लागि नेपाल मेडिसिटी अस्पतालले सेवा प्रदान गर्ने भएको छ ।

मंगलबार गरिएको सम्झौतामा नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गर्नुभएको हो ।

२०१९मा हुने ए.एफ.सी अण्डर १६ महिला फुटबलको छनौटका लागि समुह इ अन्तर्गत हलचोक मैदानमा जारी खेलमा नेपाल लगाायत म्यानमार, फिलिपिन्स र मलेसियाको सहभागिता रहेको छ । खेलाडिहरुको उपचारका लागि नेपाल मेडिसिटीको अत्याधुनिक ए सि एल डब्लु एम्बुलेन्स, मोबाइल क्लीनिक, प्यारामेडिक्स सहितको मेडिकल टिम मैदानमा तयारी अवस्थामा रहेको छ । साथै मैदानमा घाइतेहरुको आकस्मिक उपचार गरिने र आवश्यक परेको खण्डमा अस्पतालमै पु¥याएर सेवा दिने व्यवस्था मिलाइएको छ ।

असोज ३ गतेदेखि ७ गतेसम्म जारी रहने खेलमा हरेक किसिमको उपचार दिन अस्पताल तयार रहेको महाप्रबन्धक रिमालको भनाई छ । मैदानमा दुर्घटना निम्तिएको अवस्थामा विशेष उपचारका लागि पूर्णरुपमा तयार रहेकोमा वहाँले जोड दिनुभयो । नेपालको सहभागिता रहेको अन्तराष्ट्रिय खेल प्रतियोगितामा मेडिकल पार्टनर रहन पाएकोमा वहाँले खुशी व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here