मधेसको माग समयमै सम्बोधन नभए मधेसले छुट्टै देश माग गर्न सक्छ: ठाकुर

108

वीरगंज/ संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउँदै गर्दा सिके लालले फाष्ट ट्रयाकको नाममा हतारमा संविधान जारी गरेर मृत बच्चा पैदा भए सरह संविधान आएकाले सबैलाई सर्वस्वीकार्य हुन नसक्ने विचार राखेका छन् ।

असोज ३ गते बुधबार वीरगन्जमा आयोजित ‘नेपालको संविधान २०७२ मा जनताको अवधारणा’ विषयक कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले भने संविधान संशोधन हुन्छ भनेर फोरम सरकारमा गएको हो यस्तै भइरहेमा र मधेसको माग सम्बोधन नभए दसैं, तिहार लगत्तै पार्टीले मन्त्री फिर्ता बलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी दिएका छन् ।

राजपाका सह अध्यक्ष लक्ष्मणलाल कर्णले मधेस आन्दोलका क्रममा गिरफतार गरिएका छुट्लान, संविधान संसोधन होला भन्ने आशामा आफूहरुले सरकारलाई समर्थन गरेको जिकिर गरे। ‘समर्थन दिएपनि हामी अझैसम्म विपक्षमै बस्दै आएका छौँ’, उनले भने, ‘सरकारले दिएको आश्वासन पूरा गरेन भने समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं।’

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसी समुदायको दुख देखेर आफनो आँसु नै रित्तिइसकेको भन्दै राजपा कसैको पछि लाग्नु नहुने स्पष्ट पारे । ‘मधेसको मुद्दालाई किनारा लगाएर कुनै हालतमा आत्मसमर्पण गर्दैनौं’, उनले भने, ‘अन्तिम समयसम्म लड्नेछौँ।’

घण्टाघरमा राजपाको कालो दिवस : राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसको माग समयमै संबोधन हुन नसके अलग मधेसको माग पनि उठ्न सक्ने चेतावनी दिएका छन्।

संविधान जारी भएको असोज ३ का दिन कालो दिवसका रुपमा मनाउने क्रममा बुधबार वीरगन्जको घण्टाघर चोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै ठाकुरले भने, ‘महाभारतमा पाण्डवले पाँच गाउँ माग्दा कौरवले पुरै राज्य नै गुमाउनु परेको थियो, यदि मधेसका माग र असन्तुष्टि समयमै सम्बोधन हुन सकेन भने मधेसले छुट्टै देशको पनि माग गर्न सक्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here