काठमाडो/ शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद् नेपाल स्वयम्भू नगर इकाई समितिको प्राविधिक शिक्षा आजको आवश्यकता विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा प्रमुख अतिथि गितामाता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार श्रेष्ठ , विशिष्ट अतिथि गितामाता मा.विका प्राचार्य हरिकृष्ण श्रेष्ठ सर, अतिथिको रूपमा प्राज्ञिक विद्यार्थी परिषद् का प्रदेश सचिव एवं विभाग संगठन सचिव कृष्णप्रसाद हुमागई , स्वयभु नगर अध्यक्ष तथा गितामाता ंद्द संयोजक अजित खनाल लगायत विभिन्न कलेजबाट आउनुभएको शिक्षक तथा गितामाता मा.विका शिक्षक , शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चन्द्र कुमार श्रेष्ठले बोल्दै विद्यार्थी परिषद्ले यसरी विद्यार्थी को प्रतिभालाई अगाडि बढाउने कार्य गरेकोमा विद्यार्थी परिषद् धेरै नै धन्यावद तथा हामिले यस्तो संगठनलाई सदैव साथ र सहयोग गर्नु पर्ने कुरा जनाउनु भएको थियो ।
निर्णायक मणडलमा जनजाति कल्याण आश्रमका राष्ट्रिय संगठन सचिव मिलन भट्ट र गितामाताका शिक्षक विज्ञान भट्टराई रहनु भएको थियो ।
उक्त कार्यक्रमको संचालक स्वयम्भू नगर सचिव प्रशान्त श्रेष्ठले गर्नुु भएको थियो भने अतिथि स्वागत एवं स्वागत मन्तव्य स्वयम्भू नगर अध्यक्ष अजित खनालले गर्नु भएको थियो ।
प्राविधिक शिक्षा आजको आवश्यकता विषयक वक्तृत्वकला प्रतियोगितामा स्वयम्भू नगरको द्ध वटा ंद्द बाट प्रतियोगिको रूपमा विद्यार्थीहरू सहभागी भएका थिए ।
उक्त कार्यक्रममा निलबारि मा.विका विद्यार्थी अन्जु तामाङ प्रथम , गितामाता मा.विका विद्यार्थी मिना बुढाथोकी द्वितीय र शान्ति विद्यागृहकानिलम विद्यार्थी विमला तामाङ तृतीय हुन सफल भएका थिए ।
वक्तृत्वकलामा आफ्नो भनाई राख्दै गितामाताका प्रार्चाय हरिकृष्ण श्रेष्ठले विद्यार्थी परिषद्ले गरेको यस्तो कार्य प्रति प्रशंसा गर्दै आगामि दिनमा हामिले सदैव यसलाई सहयोग गर्ने कुरा विश्वास गराउनु भएको थियो ।
विद्यार्थी परिषद् प्रदेश सचिव कृष्णप्रसाद हुमागईले विद्यार्थी परिषद् एउटै लक्ष्य यो समाजका विद्यार्थीलाई असल, नैतिकवान, चरित्रवान, क्षमतावान साथै विद्यार्थीमा भएको अलग–अलग प्रतिभालाई अगाडि प्रस्फुटन गराउने रहेकोले सबै विद्यार्थी तथा शिक्षकलाई विद्यार्थी परिषद् जोडिनका लागि आग्रह गर्नु भएको थियो ।




























