नेपाल कम्युनिष्ट पार्टी (विप्लव)को वैशाखदेखि साउन महिनासम्मको अवधिमा २ सय ९४ जना नेता तथा कार्यकर्ता पक्राउ भएको खुलासा भएको छ ।
नेपाल प्रहरीले ७ वटै प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयले विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार ३ महिनाको अवधिमा पक्राउ पर्ने संख्या यस प्रकार छ :
प्रदेश १ : प्रदेश १ बाट मात्रै १०५ जना पक्राउ परेका छन् ।
प्रदेश २ : प्रदेश २ बाट जम्मा ५ जना पक्राउ परेका छन् । जसमा पर्साबाट २, सर्लाहीबाट १ र महोत्तरीबाट २ जना ।
प्रदेश ३ : प्रदेश ३ बाट १०० जना पक्राउ परेका छन् ।
प्रदेश ४ : प्रदेश ४ मा ११ जना पक्राउ परेका छन् । पर्वत, तनहुँ र म्यादीबाट २/२, गोरखा, लमजुङ कास्की, मुस्ताङ र बागलुङबाट १/१ जना पक्राउ परेका हुन् ।
प्रदेश ५ : प्रदेश ५ मा रोल्पा र रुपन्देहीबाट १/१, प्यूठानबाट २ र बाँकेबाट ३ जना गरी ७ जना पक्राउ परेका छन् ।
प्रदेश ६ : प्रदेश ६ मा सल्यानबाट ५, डोल्पाबाट ७, मुगुबाट ५, दैलेख र कालिकोटबाट २/२ जना पक्राउ परेका छन् ।
प्रदेश ७ : प्रहरीले प्रदेश ७ मा १४ जनालाई पक्राउ गरेको छ । डडेल्धुराबाट १, कैलालीबाट ७, बैतडी र बझाङबाट ३/३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), पोलिटब्यूरो सदस्य उमा भुजेलदेखि जिल्ला र स्थानीय तहका नेता, कार्यकर्तासम्म छन् ।


















