सय रुपैयाँमा मासुभात , मासिक ६० हजार कमाई

498

दाङ / दाङको  घोराहीमा एक होटेललमा एक सय रुपैयाँ मा मासु भात खानपाइन्छ भन्दा यो महंगीमा तपाईलाई विश्वास लाग्दैन होला ।

अँझ राजमार्गमा कस्टकर यात्रा गर्दे राजमार्गका होटेलहरुमा कोचाकोच गर्दै पन्याइलो दालको झोल र २ चोक्टा मासुको ३ सय ८० रुपैया तिरेर एक छाक खाना खाएकाहरुले त पत्याउने कुरै भएन ।

तर यदि तपाई दाङ को घोराहीमा हुनुहुन्छ र खल्तिमा रु.१०० छ र तपाईलाई मासुभात सुरुप्प खान मन छ भने ढु्क्क हुनुस तपाई लाई मासु रोजी रोजी मासु भात खुवाँउछ घोराही उपमहानगरपालिका वडा नं १४ बसपार्कमा रहेको नमस्ते स्टाफ होटेल एण्ड लज ले । बसका सफहरुमात्र होईन सबै सर्बसाधारणहरुका लागी रु. १०० मा मासुभात रोजी रोजी खाना खान पाइन्छ ।

मिडिया नेपाल दाङ जिल्ला कार्यसमितिका सहसचिव अंकित डिसि भन्नुहुन्छ ‘स्वच्छ, सफा मासुखाना त्यो पनि १ सय रुपैयाँमा पाइने हुँदा प्राय जसो यहिं खाना खाइन्छ ‘ ।

हामिले स्थलगत अनुगमन गर्दा होटेलमा खाना खाँदैहुनुहुन्थो युवा व्यवसायीराम बहादुर वलि स्वच्छ, सफा खाना त्यो पनी सय रुपैयाँमा पाइने हुँदा आफु यहाँ खाना खान आचउने गरेको बताउनुभयो ।

पहिला गाडि चलाउने पेशा छोडेर सपरिवार होटेल पेशा मा लागेको होटेल संचालक सुशिल श्रेष्ठ बताउनुहुन्छ । ‘बिदेश जानुभन्दा केहि नयाँ सोचका साथ होटेल पेशामा बिगत ४ बर्ष देखी छु, खुसी छु ‘श्रेष्ठले भन्नु भयो ।

मासिक करिब ६० हजार रुपैयाँ बचत गर्दै आउनुभएका श्रेष्ठ ले दैनिक १ सय ५० जनाले खानाखाने गरेको जानकारी दिनुभयो ।

‘अर्डर अनुसार ५ सय जना सम्म लाई पनि खाना खुवाउन सक्छु ‘ श्रेष्ठले दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here