सर्वोच्चको आदेशमा उमा भुजेल रिहा

251

काठमाडौं/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य उमा भुजेल (शिलु) र केन्द्रीय सदस्य टेक बहादुर केसी (आजाद)लाई आज सर्वोच्च अदालतको आदेशबाट रिहा गरिएको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश ओम प्रकाश मिश्र र न्यायाधीश बम कुमार श्रेष्ठको संयुक्त इजलासले आज यी दुवैलाई रिहा गर्ने आदेश गरेको हो । नेत्री उमा भुजेल माओवादी युद्धकालमा गोरखाको जेलब्रेक गर्ने कार्यकर्ताको रुपमा चर्चित छिन् ।

नेकपाका प्रवक्ता प्रकाण्डलाई आज उदयपुरबाट ढिलो काठमाडौं ल्याइएकोले उहाँको सुनुवाइ आज हुन पाएन । भोलि सरकारी बिदा परेकाले मंगलबार उहाँको सुनुवाइको मिति तोकिएको छ । प्रकाण्डलाई पनि मंगलबार रिहा गरिएपछि फेरि गिरफ्तार नगरिएला कि भन्ने आशा बढेको छ ।

प्रकाण्डलाई सर्वोच्चले यस अघि चार पटक रिहा गर्ने आदेश गरिसकेको छ । सर्वोच्चले रिहा गर्ने आदेश गरेपनि सर्वोच्च परिसरबाटै पून गिरफ्तार गर्ने काम प्रहरीबाट निरन्तर रुपमा भइरहेको थियो ।

सर्वोच्चको आदेश यस प्रकार छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here