एआइजीमा बढुवा भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान

411

काठमाडौँ, ८ असोज । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका तीन जनालाई आइतबार दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

असोज ५ गते बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार डिआइजीबाट एआइजीमा बढुवा भएका पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दज्र्यानी चिह्न प्रदान गरेका हुन् । दज्र्यानी चिह्न प्रदान गरेसँगै पदस्थापन समेत गरिएको छ ।

कार्कीलाई प्रहरी प्रधान कार्यालय कार्य÷अपराध अनुसन्धान विभाग, राईलाई प्रहरी प्रधान कार्यालय मानवस्रोत÷प्रशासन विभाग र बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here