सलमान सबैभन्दा अगाडि : कैटरीना

141

कुनै जमानामा बलिउडका तीन खान सलमान, शाहरूख र आमिर खानसंग फिल्ममा काम गरिसकेकी अभिनेत्री कैटरीना कैफ दबंग स्टार सलमान खानलाई शाहरूख र आमिरको तुलनामा उत्कृष्ट अभिनेता मान्छिन् ।

फिल्म इन्डस्ट्रीमा उनलाई स्थापित गर्ने श्रेय सलमानलाई दिने गरिन्छ । दुईले एकसाथ फिल्म ुमैंने प्यार क्यों कियाु, ‘पार्टनर’, ‘युवराज’, ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा काम गरेका छन् ।

करण जौहरको प्रसिद्ध शो ‘कफी विद् करण’ मा कैटरीनाले तीन खानको अभिनय क्षमताको तुलना गर्नु पर्ने प्रश्नमा उनले भनिन्, सलमान सबैभन्दा अगाडि । यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका छन् ।

कैटरीना सलमानसँग फेरि एकपटक फिल्म ‘भारत’ मा काम गरिरहेकी छन् । यस अघि यी जोडीले संगै अभिनय गरेको फिल्म  ‘टाइगर जिन्दा है’ थियो । फिल्म ‘भारत’ का लागि पहिला प्रियंका चोपडाको नाम सामेल थियो । तर, पछि उनले फिल्म छाडेपछि कैटरीनाको इन्ट्री भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here