परिणाम देखिने काम नगरे सरकार अन्त्य हुने प्रचण्डको दाबी

182

 काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहदेखि केन्द्रसम्म नै धेरै जनताको सर्मथन प्राप्त अहिलेको सरकारले परिणाम देखिने काम नगरे अन्त्य हुने खतरा रहेको टिप्पणी गरेका छन् ।

जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, तलदेखि माथिसम्म नै हाम्रो सरकार छ, यतिबेला गर्न नसके दोष कसलाई दिने ?’

‘हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइदिरहनु पर्दछ भन्ने आवश्यकता छैन, जनताले विकल्प खोज्छन्’ अध्यक्ष प्रचण्डले अगाडि थपे, ‘यो त कम्युनिष्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुन्छ ।’जनताले दिएको विश्वास अनुसार सबैै सरकारहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अध्यक्ष दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here