काठमाडाैं – नेपाल सरकारले बिगत ३४ औं दिन देखि भइरहेको लकडाउन अझ एक साता लम्ब्याउने निर्णय गरेको छ । हिजो बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउनको मोडालिटी बारे छलफल गर्दै आबश्यकता अनुसार कम्तीमा एकसाता थप्न सिफारिस गरेको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन एक हप्ता थप्ने निर्णय गरेको हो ।
लकडाउनको निर्णय केही बेरमा आधिकारीक निर्णय बाहिर आउने एक मन्त्रीले जानकारी दिए । त्यस्तै आन्तरिक तथा बाह्य उडान यसअघि जेष्ठ २ गते सम्म बन्द रहने सरकारले निर्णय गरिसकेको छ ।


















