योहो टिभिमा खरेलले दिएको अन्तर्वार्तामा लगाइएको लाञ्छना तथा अर्नगल प्रचारबाजीप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै आज प्रेस विज्ञप्ती निकालेको हो ।
आफु आईजीपी बन्न अयोग्य भएको कुण्ठा भएका कारण विगतमा झैं नौटंकीपूर्ण सस्तो लोकप्रियता पाउन मिडिया अटेन्शनका लागी खरेलको सो अभिव्यत्ति अएको साहको स्वकीय सचिव विजय यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ – ‘सम्मानित जिल्ला अदालतदेखि सर्वोच्च न्यायालयले गरेको फैसला विपरीत न्यायालयको गरिमामा खलल पुर्याई सिङ्गो न्यायापालिकाकै मानमर्दन हुनेगरी आफु आईजीपी बन्न नसकेको (अयोग्य भएको) कुण्ठा समेतका कारण विगतमाझैं नौटंकीपूर्ण सस्तो लोकप्रियता पाउन मिडिया अटेंशनका लागी पूर्व डीआईजी(तत्कालीन एसपी) रमेश खरेलले दिएको आधारहीन गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति खेदपूर्ण छ ।’
प्रेस विज्ञप्ति
नेपालको राजनीतिमा सदैव प्रेरणादायक(अनुकरणीय) एवं नेतृत्वकारी भूमिका निर्वाह गरेको एक उर्वर भुमी रौतहटको संसदीय निर्वाचन क्षेत्र नं। ३ बाट लगातार तेस्रो पटक प्रत्यक्ष निर्वाचित जनपक्षीय तथा जनप्रिय युवा नेता मा। प्रभु साहज्यूको बढ्दो लोकप्रियताबाट तरंगित केहि देशी तथा विदेशी शक्ति केन्द्रका दलाल ऐजेन्टहरुको साँठगाँठमा सुनियोजित ढंगबाट व्यक्तिगत स्वभिमान तथा राजनीतिक मानमर्दन हुने किसिमबाट थ्यजय त्ख् को अन्तरवार्ता मार्फत लगाइएको लाञ्छना तथा अर्नगल प्रचारबाजीप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
सम्मानित जिल्ला अदालतदेखि सर्वोच्च न्यायालयले गरेको फैसला विपरीत न्यायालयको गरिमामा खलल पुर्याई सिङ्गो न्यायापालिकाकै मानमर्दन हुनेगरी आफु आईजीपी बन्न नसकेको(अयोग्य भएको)कुण्ठा समेतका कारण विगतमाझैं नौटंकीपूर्ण सस्तो लोकप्रियता पाउन मिडिया अटेंशनका लागी पूर्व डीआईजी (तत्कालीन एसपी) रमेश खरेलले दिएको आधारहीन गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति खेदपूर्ण छ ।
जनताको रगत र पसीनाबाट तलव (पेन्सन खाने तर प्रतिगामी षडयंत्रकारी शक्तिहरुसंग मिलेर देश र जनताको सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका हाम्रो नेतृत्वको मानमर्दन तथा प्रतिष्ठामा आँच आउने किसिमबाट देश र जनतालाई नै भ्रमित पार्न राज्य, न्यायालय, विभागीय संगठनको मानहानि गर्दै मर्यादा विपरीत कार्यमा संगलग्न रमेश खरेललाई नेपाल सरकार लगायत सम्बद्ध पक्षहरुसंग कानून बमोजिम कारवाहीको जोडदार माग गर्दछु । धन्यवाद !
( विजय यादव
स्वकीय सचिव
(मा. प्रभु साहज्यूको स्वकीय सचिवालय)















