काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा विकास निर्माण लगायतका कार्यमा हुने गरेका अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापहरुको अनुसन्धान गर्ने कार्यमा सक्रियता देखाएको छ ।
स्थानीय तहका काम कारवाहीका विषयमा परेका उजुरीहरूको अनुसन्धानकार्यमा तीब्रता दिइ अनुसन्धान कार्य अघि बढाएको छ।
यसै सन्दर्भमा पहाडी जिल्लाहरु मध्ये बढी उजुरी भएका कास्की र पर्वत जिल्लाका उजुरीहरुलाई स्थलगत अनुगमन गरी अनुसन्धान तथा छानवीन गर्न स्थलगत टोली खटिएको छ ।
स्थानीय तहसँग सम्बन्धित यस किसिमका उजुरीहरुलाई आयोगबाट खटिएको टोलीले संकलन गरेका तथ्य प्रमाणका आधारमा अनुसन्धान एवं छानविन गरी सिघ्र टुङ्गोमा पुग्नेछ ।
आगामी दिनमा पनि वढी उजुरी परेका अन्य विषयगत क्षेत्र मुलुकका अन्य जिल्लामा समेत यस किसिमको अनुसन्धान प्रकृयालाई निरन्तरता दिइनेछ ।

















