काठमाडौं / विश्व मुटु दिवस २०१८ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले मुटु सम्बन्धी प्राथमिक उपचार दिने भएको छ ।
हस्पिटलको मुटुरोग विभागले मुटु रोगीहरुका लागि विशेष खानपिन, व्यायाम, औषधी उपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवं जानकारीमूलक कार्यक्रमको आयोजना गरेको छ । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी जय सवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. सन्तोषलाल श्रेष्ठ द्धारा तालिम तथा जानकारी दिनु हनेछ ।
१३ गते शनिबार विहान ८ बजेदेखि १० बजेसम्म हुने उक्त कार्यक्रममा सहभागीताका लागि सम्बन्धित विरामीहरु सबैलाई आइ लाभ लिनुहुन आव्हन गरिएको छ ।


















